ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ ।
फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोलअन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो ।
फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको गोलको मद्दतमा उपाधि जित्न सफल भएको हो । विजेता ज्योतिपुञ्जले रु तीन लाख ५० हजार र उपविजेता युनाइटेड युथ क्लबले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए ।
सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र देवदह ब्वाइजले रु २५/२५ हजार पाए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्जका आशिष गुरुङ, उत्कृष्ट गोलकिपर ज्योतिपुञ्जकै सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाइटेडका सुमित मल्लाह,सर्वाधिक गोलकर्ता देवदह ब्वाइजका आशिष जिसी, उदियमान खेलाडी युनाइटेडका यामप्रसाद बुढा र उत्कृष्ट प्रशिक्षक ज्योतिपुञ्जका केशवराज श्रेष्ठ घोषित भए ।
समापन समारोहमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताए ।किसानबारीमा रङ्गशाला निर्माण गर्न नगरपालिकाले रु दुई करोड विनियोजन गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण