यसरी गरिँदैछ पर्सामा छठपर्वको तयारी
सारांश
- पर्सा जिल्लामा छठपर्व नजिकिँदै गर्दा पोखरी तथा नदी किनारामा सजावट सुरु भएको छ।
- वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजाको तयारी भइरहेको छ, जहाँ २२ लाख खर्च लाग्ने अनुमान छ।
- छठ पर्व कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई षष्ठीका दिन समापन हुनेछ, जहाँ एक लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान छ।
वीरगञ्ज । पर्सा जिल्लामा आसन्न छठपर्व नजिकिँदै गएपछि यहाँका पोखरी तथा नदी किनारामा विभिन्न प्रकारको सजावटसहितको सिँगारिने काम भइरहेको छ ।
छठपर्व नजिकिँदै गएपछि वीरगञ्जसहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा सिँगारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ ।
मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।
प्रत्येक वर्षछठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले छठ पर्वका लागि आवश्यकपर्ने सामानको जोहो गर्न किनमेल गर्नेको भीड पनि विस्तारै देखिन थालेको छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिसकेको जानकारी दिए ।
‘हामीले गत वर्षकोभन्दा पनि यसपालीको छठमा घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलीमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्नेगरी काम थालिसकेका छौँ’, उनले भने, ‘यो वर्ष पनि विगतको वर्षमा जस्तै भव्य र सभ्य गरी छठ पर्व मनाइनेछ ।’
अध्यक्ष कानुले छठ पर्वको शृङ्गार तथा सजावटको अन्तिम काम भने तिहारपछि तीव्र गतिमा हुने बताए । । ‘वीरगञ्जको घडीअर्वाको छठ पर्व हेर्नका लागि छिमेकी मुुलुक विहार राज्यका विभिन्न जिल्ला र नेपालका पनि विभिन्न सहरबाट सर्वसाधारण आउनुहुन्छ । त्यसैले पनि यसको रौनकता बढ्दै गइरहेको छ ।’
घडीअर्वाको छठ पर्वमा मात्रै एक लाखभन्दा धेरैले दर्शनार्थीले हेर्ने आयोजकको दाबी छ । तराई–मधेसका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् ।
यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । ‘छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो’, उनले भने ।
‘वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आकर्षण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ ।’ घडीअर्वाको छठ व्यवस्थापनका लागि करिब रु २२ लाख खर्च लाग्ने बताइएको छ । अध्यक्ष कानुले घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण