मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो भर्सेस मेस्सी बहस : कतै सम्बन्ध विच्छेद कतै आत्महत्या

बिहीबार, २१ असार २०७५, ११ : ३०
बिहीबार, २१ असार २०७५

मस्को । रुसमा जारी विश्वकप फुटबलबाट अर्जेन्टिना र पोर्चुगलको टोली बाहिर भइसकेको छ । यद्यपि, दुई टोलीका समर्थक अझै पनि बहस गरिरहेका छन् कि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोमा उत्कृष्ट को ?
यस बहसको पछिल्लो कडी देखिएको छ, आयोजक राष्ट्र रुसमा । त्यहाँ एक व्यक्तिले आफ्नो पत्नीलाई रोनाल्डोभन्दा मेस्सी राम्रो भनेकै आधारमा सम्बन्धविच्छेदको सूचना पठाएका छन् ।

घटनाको २६ जुनको । त्यो दिन अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले हराएको थियो । यस जीतपछि आर्सेन नामका व्यक्तिले मेस्सीको प्रदर्शनलाई लिएर खुसियाली मनाउन थाले । त्यही बेला पत्नी ल्युडमिलाले मेस्सीभन्दा रोनाल्डो राम्रो भन्दै चिढाउन शुरु गरिनन् ।

यसबाट आर्सेन क्रुद्ध बने र घर छाडेर हिँडे । अर्को बिहान ल्युडमिलाले सम्बन्ध विच्छेदको सूचना पाइन् ।

रुसी पत्रिका अर्गुमेंतो आई फाक्तीलाई अन्तरवार्ता दिँदै आर्सेनले उनको ल्युडमिलासँग सन् २००२ को विश्वकप दौरान भेट भएको थियो ।

केही समयपछि दुवै विवाह बन्धनमा बाँधिएका थिए । आर्सेनका अनुसार ल्युडमिलाले उनलाई विश्वकपका दौरान रोनाल्डोको नाम लिएर जिस्काउने गरेकी थिइन् । आइसल्याण्डविरुद्ध मेस्सीले पेनाल्टी मिस गर्दा पनि निकै जिस्काएकी थिइन् ।

यही कारणले आफूले घर र पत्नी दुवैलाई छाड्ने निर्णय गरेको उनले बताए ।

यता, भारतमा भने मेस्सीका एक डाइहार्ड फ्यानले आत्महत्या गरेका छन् । फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना प्रिक्वाटरफाइनलबाटै बाहिरिएपछि पश्चिम बंगालको मल्दा जिल्लाका २० वर्षीय मोनोस्तोष हल्दरले झुण्डिएर आत्महत्या गरेका हुन् ।

परिवारका अनुसार पराजयबाट दुखित बनेका उनले राती खाना पनि खाएनन् । बिहान ढिलासम्म नउठेपछि उनको कोठामा पुग्दा उनले झुण्डिएर आत्महत्या गरेको पाइएको थियो ।

यसअघि, क्रोएसियासँग अर्जेन्टिना पराजित भएपछि केरलामा एक ३० वर्षीय व्यक्तिले पनि आत्महत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप