चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहजीकरण गर्न आग्रह
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा उद्योगमन्त्री भण्डारीले नेपाल र तिब्बतबिचको सम्बन्ध हिमाल र नदीहरुबाट जोडिएको भन्दै दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एंव सहकार्य रहँदै आएको धारणा राखे । मन्त्री भण्डारीले नेपालले वीआरआईमा सहकार्य गर्दै आएको भन्दै यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआवद्धताका विविध क्षेत्रमा लाभ लिन नेपाल प्रयासरत रहेको धारणा राखेका छन् । ‘नेपालसँग सिमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार बिन्दुहरूमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरूको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु’ भेटमा मन्त्री भण्डारीले भनेका छन् ।
भेटमा तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिँदै चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानीका लागि इच्छुक रहेको धारणा राखे । नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएको भन्दै त्यसले दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने फुकुआनको भनाइ छ । उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषयहरू समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण