सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै
काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै छ । कार्यालयले वैशाख २० गते अर्थात् बिहीबार निष्कासन गर्नेगरी ८ वर्षे अवधिको विकास ऋणपत्र २०८९ ‘ग’ बोलकबोल गर्न लागेको हो ।
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्था तथा नेपाली नागरिकले विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन् । मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म जारी रहने बोलकबोलका लागि तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुबै प्रणालीमा भाग लिन सक्ने सुविधा रहेकोमा प्रतिस्पर्धी कोटाका लागि कूल निष्कासन रकमको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धी कोटका लागि १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ मात्र छुट्याइएको छ ।
अप्रतिस्पर्धीका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदाताहरुलाई नै बिक्री गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यद्यपि, अप्रतिस्पर्धी बोलदाताहरुलाई छ्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा भने समानुपातिक रूपमा ऋणपत्रको रकम बाँडफाँड गरिने कार्यालयले जनाएको छ ।
बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले घटीमा ५ लाख र बढीमा कुल निष्कासन रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण