बलिउडका चर्चित कमेडियन सतीश शाहको निधन
सारांश
- बलिउड अभिनेता तथा कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ।
- उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए र हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।
- उनले 'साराभाई भर्सेस साराभाई' र थुप्रै सफल फिल्महरूमा अभिनय गरेका थिए।
मुम्बई । बलिउडका चर्चित अभिनेता तथा कमेडियन सतीश शाहको शनिबार दिउँसो २:३० बजे मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको छ। उनी ७४ वर्षका थिए।
उनका म्यानेजरले दिएको जानकारीअनुसार, शाहको पार्थिव शरीर अस्पतालमै राखिएको छ र आइतबार अन्तिम संस्कार गरिनेछ। लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहेका शाहको हालसालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।
कमेडियन जोनी लिभरले सतीश शाहको निधनमा दुःख व्यक्त गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। लिभरका अनुसार, मिर्गौला प्रत्यारोपणपछि उनी पूर्ण रूपमा निको भएर डेढ महिनाअघि फर्किएका थिए। अचानक शनिबार खाना खाएपछि उनी ढलेका थिए।
सतीश शाह ‘साराभाई भर्सेस साराभाई’ र ‘जाने भी दो यारो’ जस्ता टिभी शोबाट निकै चर्चित भएका थिए। उनले 'मै हुँ ना', 'कल हो ना हो', 'फना' र 'ओम शान्ति ओम' जस्ता धेरै सफल फिल्महरूमा पनि अभिनय गरेका थिए।
गुजरातको मांडवीमा जन्मिएका शाहले पुणेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट अध्ययन गरेका थिए। उनले सन् १९७० मा बलिउड फिल्म 'भगवान परशुराम' बाट आफ्नो करियर सुरु गरेका थिए।
टिभीमा भने उनले सन् १९८४ को शो 'ये जो है जिन्दगी' बाट डेब्यु गरेका थिए, जहाँ उनले ५५ एपिसोडमा ५५ फरक-फरक भूमिका निभाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण