छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न, निराहार व्रत सुरु
जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख आस्थामय पर्व छठको दोस्रो दिन आज श्रद्धा र भक्ति पूर्वक खरना विधि सम्पन्न गरिएको छ ।
जनकपुरधामसहित सम्पूर्ण मधेस प्रदेशका घर–घरमा व्रतालु महिलाहरूले खरनाको पूजा सम्पन्न गरी निराहार व्रत आरम्भ गरेका छन् ।
खरनाको अवसरमा व्रतालु महिलाहरूले सूर्यदेवको आराधना गर्दै परम्परागत रूपमा चामल, गहुँको रोटी, खीर, सरसोंको साग र मुला सहितको प्रसाद तयार गरी पूजा गरेका थिए ।
खरना सम्पन्न भएपछि व्रतालुहरूले ‘एक थोपा पानी पनि नपिउने’ धार्मिक नियम अनुसार निराहार व्रत सुरु गरेका छन् ।
धार्मिक मान्यताअनुसार खरना छठ पर्वको अत्यन्त महत्त्वपूर्ण चरण हो। पण्डित राधा कान्त झा का अनुसार, “यो व्रत शुद्धता, संयम र आत्मसंयमनको माध्यमबाट आत्म शुद्धि गर्ने प्रक्रिया हो ।”
उनका अनुसार साँझपख सूर्यदेवलाई दूध, खीर र गहुँको रोटी अर्पण गरी प्रसाद ग्रहण गरेपछि नै निराहार व्रतको औपचारिक आरम्भ हुन्छ ।
खरनाको अवसरमा जनकपुरधामका नगर पोखरीहरू–धनुषसागर, गंगासागर, र नगरका अन्य जलाशयहरू–आकर्षक रूपमा सजिएका छन्। धार्मिक समितिहरू र स्थानीय समाजसेवी संस्थाहरूले घाट सरसफाइ, बत्ती व्यवस्था र सुरक्षाका विशेष तयारी गरेका छन् ।
स्थानीय व्रतालु शिलादेवी साह भन्छिन्, “खरना सम्पन्न भएपछि अब पूर्ण निराहार व्रत सुरु हुन्छ। यो व्रत आस्था र आत्म–संयमको परीक्षा हो। सूर्यदेवले सन्तान, स्वास्थ्य र समृद्धिको वरदान दिनुहुन्छ भन्ने विश्वास छ।”
मिथिला–मधेसका घर–घरमा आज रातभर छठ गीत, भजन र सांस्कृतिक कार्यक्रमहरूको गुञ्जन सुनिएको छ। महिलाहरू परम्परागत पहिरनमा सजिएर नदी र पोखरी किनारमा पूजा अर्चनामा तल्लीन देखिएका छन् ।
भोलि साँझ व्रतधारीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् भने पर्सिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई चार दिन लामो छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण