एन्फा पदाधिकारी र 'ए' डिभिजन क्लबहरूसँग छलफल गर्दै खेलकुदमन्त्री
बुधबार, १२ कात्तिक २०८२, २१ : १९
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरू र ए डिभिजनका क्लबहरूसँग छलफल गर्ने भएका छन् ।
शहिद स्मारक ’ए’ डिभिजन लिगका विषयमा छलफलका लागि बिहीबार मन्त्रालयमा छलफलका लागि मन्त्री गुप्ताले एन्फाका पदाधिकारीहरू र ए डिभिजनका क्लब अध्यक्षसँग छलफल गर्न लागेका हुन् ।
छलफलमा एन्फा पदाधिकारीसहित मनाङ्ग मर्स्याङ्दी क्लब, सङ्कटा क्लब, ए.पि.एफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटबल क्लव, जावलाखेल युथ क्लब, एन. आर. टि. क्लब, सातदोबाटो युथ क्लब, प्लानिङ्ग ब्वाईज यूनाईटेड क्लब र श्रीभगवती क्लबका अध्यक्षलाई बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण