अपडेट
भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज
बिहीबार, १३ कात्तिक २०८२, २२ : १७
सारांश
- सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ।
- नयाँ मापदण्डअनुसार, अब भिजिट भिसामा विदेश जाँदा राहदानी, भिसा, टिकट र स्वघोषणा आवश्यक पर्नेछ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागको प्रस्तावमा ६ बुँदे मापदण्ड खारेज गरेका हुन्।
काठमाडौँ । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार ६ बुँदे मापदण्ड खारेज गरेका हुन् ।
योसँगै सरकारले अब भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्ने गरी नयाँ मापदण्ड लागू गरेको अध्यागमनका एक अधिकारीले बताए ।
यसअघि ६ बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, ६ महिना अवधि भएको वैध राहदानी, वैध भिसा, आफन्तकोमा बस्ने भए तीन पुस्ते विवरण खुल्ने कागजात लगायतका प्रावधान राखिएका थिए। सो मापदण्डको विभिन्न क्षेत्रबाट आलोचना हुँदै आइरहेका बेला गृहमन्त्री अर्यालले त्यसलाई खारेज गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण