शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

पोखरा, तुम्लिङटार र भरतपुर विमानस्थलमा उडान अवरुद्ध

शुक्रबार, १४ कात्तिक २०८२, ११ : ४८
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • खराब मौसमका कारण पोखरा, तुम्लिङटार र भरतपुर विमानस्थलमा उडान अवरुद्ध भएको छ।
  • शुक्रबार बिहान पोखरा विमानस्थल खुले पनि पुन: अवरुद्ध भयो, तर भद्रपुर विमानस्थल भने खुला छ।
  • आन्तरिक उडानहरूमा ढिलाइ हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ।

काठमाडौँ । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ।  बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, तुम्लिङटार र भरतपुर  विमानस्थलमा  उडान अवरुद्ध भएको हाे ।

मौसमको खराबीका कारण  न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन: अवरुद्ध भएको छ।

तर अहिले झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । यो बाहेक आन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थलको अवरुद्ध कायम रहेको बुद्ध एयरका प्रवक्ता वीरेन्द्र कर्णले बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप