सुर्खेतमा विशेष भर्ना अभियानको तथ्याङ्क सार्वजनिक
सुर्खेत– जेठ ८ गतेदेखि सञ्चालन गरिएको दोस्रो विशेष भर्ना अभियानको तथ्याङ्क बिहीबार सुर्खेतमा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले सो तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्कअनुसार सुर्खेतमा ३८० बालबालिका अहिले पनि विद्यालयको पहुँच बाहिर रहेका छन् । तीमध्ये २१३ छात्रा र १६७ छात्र छन् ।
अभिभावकको संरक्षणमा नरहेका सडक बालबालिका, अत्यन्तै अशक्त अपाङ्गता भएका व्यक्ति, आर्थिक रुपले विपन्न, जन्मदर्ता भएका तर बाबुआमासँगै बाहिर गएका कारण ३८० बालबालिका विद्यालयको पहुँच बाहिर रहेको समन्वय एकाइ सुर्खेतका प्रमुख जितबहादुर शाहले जानकारी दिए ।
‘सरकारी सामुदायिक विद्यालयमा कक्षा १देखि १२ सम्म ९१ हजार विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १४ हजार ६३१ विद्यार्थी नयाँ भर्ना लिइएको छ’, एकाइ प्रमुख शाहले भने । संस्थागत विद्यालयको तथ्याङ्क बेलैमा आउन नसकेकाले यसमा समावेश नगरेको र बाल विकासको तथ्याङ्क पनि नजोडिएको उनले बताए ।
उनले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मन्त्रिपरिषद्को जेठ ४÷५ गतेको निर्णयबमोजिम पहिलोपटक यो वर्षको जेठ ८ गतेदेखि दोस्रो चरणको विशेष भर्ना अभियान सञ्चालन गरिएको जानकारी दिए । शिक्षाको पहुँचभन्दा बाहिर कोही बालबालिका नरहुन् र उनीहरुको शिक्षाको अधिकार सुनिश्चत होस् भन्ने अभिप्रायले सरकारले बालबालिका भर्ना अभियान दोस्रोपटक सञ्चालन गरेको उनको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रमा कार्यरत संघसंस्था तथा अन्य सरोकारवालाहरूको समन्वयात्मक बैठकबाट दोस्रो चरणको विशेष भर्ना अभियान सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण