न्युजिल्यान्डद्वारा इंग्ल्यान्डमाथि एकदिवसीय श्रृंखला ३–० ले क्लिन स्वीप
एजेन्सी । न्युजिल्यान्डले इंग्ल्यान्डमाथि शनिबार सम्पन्न तेस्रो एकदिवसीय खेलमा २ विकेटको रोमाञ्चक जित हासिल गर्दै तीन खेलको घरेलु श्रृंखला ३–० ले क्लिन स्वीप गरेको छ ।
वेलिंगटनको स्काई स्टेडियममा भएको यो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डले दिएको २२३ रनको लक्ष्य ४४ दशमलव ४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिले बलिङ गर्ने न्युजिल्यान्डको निर्णयपछि ब्याटिङमा उत्रिएको इंग्ल्यान्ड ४० दशमलव २ ओभरमा २२२ रन बनाएर अलआउट भएको थियो ।
इंग्ल्यान्डका लागि जेमी ओभरटनले सर्वाधिक ६८ रनको योगदान दिए । यद्यपि, इंग्ल्यान्डको शीर्षक्रम चल्न सकेन । ओपनर जेमी स्मिथ र बेन डकेटले क्रमशः ५ र ८ रन मात्र बनाउन सके । तल्लो क्रममा ब्रेडन कार्सले ३० रन बनाएका थिए ।
न्युजिल्यान्डका बलरहरू ब्लेर टिकनरले ४ विकेट लिएर इंग्ल्यान्डको ब्याटिङ ध्वस्त पार्न महत्त्वपूर्ण भूमिका खेले । त्यस्तै, ज्याकोब डफीले ३ विकेट लिएर उनलाई राम्रो साथ दिए ।
२२३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका डेभन कोनवे र रचिन रविन्द्रले उत्कृष्ट सुरुवात दिए । कोनवेले ३४ रन बनाउँदा रविन्द्रले ४६ रनको योगदान दिए । मध्यक्रममा ड्यारी मिचेलले ४४ रन बनाएर टोलीलाई जित नजिक पुर्याएका थिए ।
यो सिरिजको पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटको जित हासिल गरेको थियो । ड्यारी मिचेललाई यस सिरिजको उत्कृष्ट खेलाडी घोषित गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण