पदाधिकारीमाथि ‘भी-फाइभ’ को आरोप, केन्द्रीय समितिलाई बन्धक बनाए
सारांश
- नैनसिंह महरले पार्टी पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाए।
- उनले महाधिवेशनको कार्यतालिका समयमै नल्याइएको भन्दै पदाधिकारीको आलोचना गरे।
- महरले पार्टीलाई आन्तरिक किचलोमा नअल्झिन र देशका चुनौतीको सामना गर्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन्। पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका समयमै नल्याइएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभव भएको बताएका छन्।
मङ्गलबार बानेश्वरस्थित सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीहरूसँगको छलफलमा नेता महरले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पदाधिकारीका तर्फबाट आउनुपर्ने कार्यतालिका तत्काल ल्याउन माग गरे। उनले भने, ‘कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा समग्र नेपाली कांग्रेस केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति आफूलाई भएको छ।’
उनले पार्टीको विधानअनुसार चार वर्षमा हुनुपर्ने महाधिवेशन आजसम्म सम्पन्न गर्न नसक्नुमा केन्द्रीय समिति र विशेषगरी शीर्ष पदाधिकारीहरू जिम्मेवार रहेको औंल्याए। उनले सभापति, उपसभापति र महामन्त्री लगायतका ‘भी-फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको बताए। उनले सदस्यता वितरणलगायतका काम समयमा नहुँदा यो स्थिति आएको बताए।
महरले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुर्याउने पदाधिकारीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताए। उनले विशेष महाधिवेशन वा नियमित महाधिवेशनलगायत सबै सुझावहरूले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा बनाउनुपर्नेमा जोड दिए।
उनले नेपाली कांग्रेस आन्तरिक किचलोमा अल्झिनुभन्दा देशका चुनौतीहरूको सामना गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए। ‘नेपाली कांग्रेसले देशको सबैभन्दा ठूलो र स्थापित दल भएको कारणले सबै राजनीतिक दल, सरकार र नयाँ पुस्तासँग समेत संवाद गरेर देशलाई निकास दिन नेतृत्वदायी भूमिका खेल्नुपर्छ,’ महरले भने। उनले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि वातावरण बनाउन पनि कांग्रेसले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण