मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियामाथि भारतको जित

आइतबार, १६ कात्तिक २०८२, १७ : ४४
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियामाथि सहज जित निकालेको छ । आइतबारको खेलमा जित निकालेसँगै भारतले पाँच खेलको टी–२० सिरिजमा १–१ को बराबरी गरेको छ ।

दुई टोलीबिचको सिरिजको पहिलो खेल खराब माैसमा कारण रोकिएको थियो । बेलेरिभ ओभल, होबर्टमा अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका लागि वासिन्टन सुन्दरले सर्वाधिक २३ बलमा ४९ रन बनाए ।त्यस्तै तिलक बर्माले २९ रन बनाउँदा अविषेश शर्माले २५ तथा कप्तान सूर्यकुमार यादवले २४ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि नथान इलिसले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सेजिबेर बार्टेली र मार्कुस स्टोइनिसले एक–एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन बनायो ।

अष्ट्रेलियाका लागि टिम डेभिडले ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मार्कुस स्टोइनिसले ६४ रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका लागि म्याथु सर्टले २६ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । भारतका लागि वरुण चक्रवर्तीले दुई विकेट लिँदा शिभव डुवेले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप