शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

डीआईजी पदस्थापन : सीआईबीमा खत्री, रानीपोखरीमा अधिकारी

सोमबार, १७ कात्तिक २०८२, १७ : २६
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । प्रहरीका पाँच जना डीआईजीहरुको पदस्थापन गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार बढुवा निर्णयसँगै पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

एसएसपीबाट डीआईजीमा बढुवा भएका भूपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पदस्थापन गरिएको छ । सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभाग र ओमप्रसाद अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ ।

शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ । काफ्ले आईजीपी चन्द्रकुवेर खापुङ निकट अधिकृत हुन् । कात्तिक ९ मा बढुवा सिफारिस गर्दा खापुङले पहिलो बरीयतामा रहेका विश्व अधिकारीलाई छुटाएर छैटौँ बरीयतामा रहेका काफ्लेलाई बढुवा सिफारिस गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप