आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

नागढुंगाबाट खैरो हेरोइन सहित युवक पक्राउ

मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ३२
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । काठमाडौँको नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ घर भएका २५ वर्षीय फैजल अन्सारी छन् ।

विराटनगरबाट आउँदै गरेको बा.प्रदेश–०१–००६ ख ९४५० नम्बरको बसमा सवार उनले खैरो हेराइन बोकेर ल्याएका हुन् । पाइन्टकाे गोजीमा लुकाएको अवस्थामा प्रहरीले उनको साथबाट मंगलबार १ ग्राम खैरो हेराइन बरामद गरेको हाे ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालयबाट नागढुंगाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । अन्सारीले आफू ‘सेवनकर्ता’ भएको प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप