आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

ब्राउन सुगरसहित पोखराबाट २ जना पक्राउ

मङ्गलबार, १८ कात्तिक २०८२, १७ : ४७
मङ्गलबार, १८ कात्तिक २०८२

पोखरा । पोखराबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । 

पोखरा आउँदै गरेको माइक्रोमा ब्राउन सुगर ओसारपसार भएको सूचनाका आधारमा खानतलासी गर्दा दुई जना पक्राउ परेका हुन् ।

ग १ ख ४४९९ नम्बरको हाइसमा यात्रा गरिरहेका पोखरा ३२ का ३७ वर्षीय विनोद ढकाल र मकवानपुर सक्रेनीका ३८ वर्षीय विकास लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट खैरो हिरोइन ३.८९ ग्राम बरामद भएको प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुवै जनालाई लागुऔषध मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप