देशका विभिन्न स्थानमा सवारी दुर्घटना, १० जनाको मृत्यु
शनिबार, २२ कात्तिक २०८२, १६ : ५५
सारांश
- शुक्रबार रातिदेखि शनिबार बिहानसम्म उपत्यकासहित देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।
- महोत्तरी, ललितपुर, कास्की, बागलुङ, लमजुङ, बर्दिया, कञ्चनपुर, सुनसरी र धनुषामा भएका दुर्घटनामा विभिन्न व्यक्तिको मृत्यु भएको छ।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ र केही चालकहरूलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गएको शुक्रबार रातिदेखि शनिबार बिहानसम्म १० जनाको मृत्यु भएको छ।
- महोत्तरी: बलवा नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय सुरेन्द्र झाको मृत्यु भएको छ।
- ललितपुर: महानगरपालिका-१५ खुमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा गोदावरीका ३० वर्षीय रोहित श्रेष्ठको मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- कास्की: पोखरा महानगरपालिका-२९ आदर्श चोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँकी २४ वर्षीया किरण रानाको मृत्यु भएको छ।
- बागलुङ: ढोरपाटन नगरपालिका-९ च्वाहाभिरस्थित सडकमा जिप दुर्घटना हुँदा ढोरपाटन-७ का २४ वर्षीय राजिन अदैको मृत्यु भएको छ। जिप चालक प्रहरी नियन्त्रणमा छन्।
- लमजुङ: मर्स्याङदी गाउँपालिका-६ मा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालक दोलखाका ३० वर्षीय बिनोद खड्का र सोही ठाउँका २५ वर्षीय पारस खड्का गरी दुई जनाको मृत्यु भएको छ।
- बर्दिया: राजापुर नगरपालिका-१० मा मोटरसाइकल दुर्घटना हुँदा गुलरियाका ३० वर्षीय विकास यादवको मृत्यु भएको छ।
- कञ्चनपुर: बेदकोट नगरपालिका-८ मा मिक्चर मेसिन र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक ३१ वर्षीय शिव रानाको मृत्यु भएको छ। मिक्चर मेसिन चालक नियन्त्रणमा छन्।
- सुनसरी: इटहरी उपमहानगरपालिका-१ मा स्कुटर र मिनी ट्रक ठक्कर खाँदा स्कुटरमा सवार इटहरीकी ४० वर्षीया बिष्णु कुमारी भट्टराई (उपाध्यय) को मृत्यु भएको छ। ट्रक चालक नियन्त्रणमा छन्।
- धनुषा: धनुषाधाम नगरपालिका-९ मा कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार नवलपरासी पूर्वका २० वर्षीय सुजित यादवको मृत्यु भएको छ। कार चालक प्रहरी नियन्त्रणमा छन्।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण