शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लागूऔषध र हातहतियारसहित दुई जना पक्राउ

आइतबार, २३ कात्तिक २०८२, १३ : १८
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • काठमाडौंमा लागुऔषध र हातहतियारसहित दुई जना पक्राउ परेका छन्।
  • प्रहरीले टेकुबाट ब्राउनसुगर, नगद र मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो।
  • अमरको घरबाट रिभल्वर र गोली तथा सुजनको घरबाट पनि रिभल्वर र गोली फेला परेको छ।

काठमाडौँ । लागूऔषध र हातहतियारसहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका- १२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप