भागेका कैदीबन्दी नियन्त्रणमा लिन भारतीय पक्षसँग समन्वय
आइतबार, २३ कात्तिक २०८२, १४ : ५०
बुटवल । नवलपरासी कारागारबाट भागेका भारतीय कैदीबन्दीलाई नियन्त्रणमा लिनको लागि जिल्ला प्रशासन कार्यालयले भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।
गत भदौको जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका ४१ जना भारतीय कैदीबन्दीमध्ये २ जनालाई मात्र नियन्त्रणमा लिइएको बाँकीलाई नियन्त्रणमा लिन भारतीय प्रहरीसँग समन्वय गरिएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले रातोपाटीलाई बताए।
भारतीय पक्षसँग बसेको सुरक्षा बैठकमा फरार कैदीबन्दीहरुको तस्बिरसहित विवरण पठाइएको उनले बताए । जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट ५४३ कैदीबन्दी भागेका थिए । जसमा ४१ जना भारतीय हुन्।
उनका अनुसार नवलपरासीबाट भागेका अझै १९९ कैदीबन्दी नियन्त्रणमा आएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण