शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई गोविन्द केसीले भने– स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउनुस्

आइतबार, २३ कात्तिक २०८२, २० : १४
आइतबार, २३ कात्तिक २०८२

काठमाडाैँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसमक्ष माग गरेका छन् ।

डा. केसीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्ट्याउनुपर्ने माग गरेका हुन् । 

डा केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा जगदीशप्रसाद अग्रवाल पनि टोलीमा थिए । डा केसीले आफ्नो १० बुँदे ज्ञापनपत्र पनि बुझाए।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनी झासमेतको उपस्थितिमा डा केसीले उठाएका विषयमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप