ट्यारिफबाट आएको पैसा सबै अमेरिकीलाई बराबर बाँड्दै ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक अमेरिकीलाई २ हजार डलर दिने घोषणा गरेका छन्।
- ट्रम्पले यो रकम कसरी वितरण गर्ने भन्ने स्पष्ट पारेका छैनन्, तर उच्च आय भएकालाई बाहेक सबैलाई दिइने बताए।
- ट्यारिफ लाभांशबारे अमेरिकाभर छलफल भइरहेको छ, र यो कर कटौती वा अन्य छुटको रूपमा आउन सक्ने सम्भावना छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक अमेरिकीलाई कम्तीमा २ हजार डलर ‘ट्यारिफ लाभांश’ दिने घोषणा गरेका छन् । यो रकम जनतालाई नगदमा दिइनेछ कि यो कर कटौती वा कुनै छुटको रूपमा दिइनेछ भन्ने चाँहि थाहा भइसकेको छैन ।
ट्यारिफ लाभांश कसरी वितरण गरिनेछ भनेर ट्रम्पले स्पष्ट पारेका छैनन् । यद्यपि, उनले उच्च आय भएका मानिसहरूबाहेक सबै अमेरिकीलाई यो भुक्तानी गरिने बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा एक पोस्टमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ‘ट्यारिफको विरुद्धमा रहेकाहरू मूर्ख हुन् ! लगभग शून्य मुद्रास्फीति र रेकर्ड स्टक बजारको साथ हामी अब विश्वको सबैभन्दा धनी, सबैभन्दा सम्मानित देश हौँ । ४०१ के अहिलेसम्मकै धेरै हो’ पोस्टमा ट्रम्पले लेखेका छन् ।
उच्च आय भएका बाहेक सबै अमेरिकीलाई २ हजार डलर दिइने पनि उनले लेखेका छन् । अमेरिकाले ट्यारिफ (अतिरिक्त भन्सार महसुलबाट खर्बौ खर्ब डलर उठाइरहेको अनि चाँडै ४ हजार ३७० खर्ब डलरको भीमकाय ऋणको थुप्रो तीन सुरु गर्ने पनि पोस्टमा लेखिएको छ
ट्रम्पले दिने भनेको ट्यारिफ लाभांशको बारेमा अमेरिकाभर छलफल भइरहेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले यो लाभांश कसरी प्राप्त हुनेछ भन्नेबारे टिभी अन्तरवार्तामा सङ्केत दिएका थिए । आफूले ट्रम्पसँग ट्यारिफ लाभांशबारे छलफल नगरेको तर यो धेरै रूप अनि तरिकामा आउन सक्ने उनको भनाइ थियो ।
ट्रम्पको एजेन्डामा रहेका कर कटौतीको रूपमा आउन सक्छ पनि भनिएको छ । कर नलाग्ने, ओभरटाइममा कर नलाग्ने, सामाजिक सुरक्षामा कर नलाग्ने र अटो ऋणमा कटौती आदिको स्वरूपमा यो पैसा भुक्तानी हुन सक्ने भनिएको छ ।
तर अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको ट्यारिफ नीतिमाथि गम्भीर प्रश्न उठाएको छ । ट्रम्पले ट्यारिफ लगाउन ‘वस्तुतः असीमित शक्ति’ प्रयोग गरिरहेको हुनसक्ने धेरै न्यायाधीशहरूले बताएका थिए ।
यस्ता कयौँ ट्यारिफ रकानूनी घोषित हुन सक्ने सम्भावना पनि छ । यदि यसो भयो भने ट्रम्प प्रशासन ट्यारिफबापत असुलेको खर्बौ डलर फिर्ता गर्न बाध्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण