शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमबार, २४ कात्तिक २०८२, १८ : ३५
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।

धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी भएका थिए । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो ।

हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने छन् । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ ।

जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरेको हो ।

हिक्मत बिट दी स्पिडमा १३१ किलोमिटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै तेस्रो भएका हुन् ।

सुदूरपश्चिम रोयल्सको टोली: दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन। 

मुख्य प्रशिक्षक: जगत टमटा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप