शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता

शुक्रबार, १२ असार २०८३, ०४ : ३१
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले चितवनमा जारी पार्टीको महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
  • कार्कीले पार्टीलाई एकजुट राख्न, विधि र चरित्रमा हिँडाउन तथा रास्वपालाई मजबुत, प्रस्ट र एकाकार बनाउन आफूले महामन्त्री पदमा दाबी गरेको बताएका छन् ।
  • रास्वपाको महामन्त्री पदका लागि गणेश कार्कीसँगै शिशिर खनाल, मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना र सागर ढकाल लगायतका नेताहरूबीच प्रतिस्पर्धा हुनेछ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले महामन्त्री पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको ऐतिहासिक महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि उनले मनोनयन दर्ता गराएको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । उम्मेदवारी दर्ता गराएपछि कार्कीले आफूले विगतदेखि नै पार्टीलाई एकजुट राख्न, विधि र चरित्रमा हिँडाउन निरन्तर आवाज उठाइरहेको स्मरण गरेका छन् ।

पार्टीका विभिन्न दस्ताबेजदेखि चुनावी वाचा पत्र लेखनसम्म आफूले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै कार्कीले अब रास्वपालाई थप मजबुत, प्रस्ट र एकाकार बनाउन महामन्त्री पदमा आफ्नो दाबी रहेको बताएका छन् । रास्वपाको एक निर्वाचित महामन्त्री पदका लागि कार्कीसँगै अन्य प्रभावशाली नेताहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । चुनावी मैदानमा मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना र सागर ढकाल लगायतका नेताहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप