शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सौगत ढकाल बने चितवन राइनोजका ‘आइकोनिक प्लेयर’ खेलाडी

मङ्गलबार, २५ कात्तिक २०८२, १६ : ५९
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • चितवन राइनोजको 'चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५' सम्पन्न भयो।
  • ट्यालेन्ट हन्ट हेटौँडा, टाँडी र भरतपुरमा आयोजना गरिएको थियो।
  • सौगात ढकाललाई आइकोनिक खेलाडीको रूपमा छनोट गरियो।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम चितवन राइनोजको ‘चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५’ सम्पन्न भएको छ ।

ट्यालेन्ट हन्ट कार्यक्रम हेटौँडा, टाँडी र भरतपुरमा भई अन्तिम छनोट गौतम बुद्ध रंगशालास्थित नमूना क्रिकेट मैदानमा गरिएको थियो ।

कोचिङ र छनोट समितिले राइट–आर्म लेग स्पिनर सौगत ढकाललाई आइकोनिक खेलाडीको रुपमा छनोट गरेको छ । 

त्यस्तै सौगातसँगै चितवनको डेभलपमेन्ट कार्यक्रममा सक्रिय कार्की (राइट–आर्म फास्ट बलर), नरेश प्रधान (लेफ्ट–आर्म फास्ट बलर) रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप