महाधिवेशनका लागि हस्ताक्षर भेरिफिकेसनको अवस्थासम्म पुग्नु हुँदैन : भीष्म आङ्दम्बे
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले विशेष महाधिवेशन माग गरेर बुझाइएका हस्ताक्षर भेरिफिकेसनसम्म पुग्न नदिनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै आङ्दम्बेले विशेष महाधिवेशन गर्नुपर्ने भए पनि केन्द्रीय कार्यसमितिले टुङ्गो लगाउनुपर्ने बताए ।
‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुङ्गो लागोस् । विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुङ्गो लागेर जाओस्,’ उनले भने, ‘ भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस् ।’
आङदम्बेले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनसक्ने बताए । ‘नियमित महाधिवेशनबाटै हामी जानु पर्छ,’ आङेदम्बेले भने, ‘नियमित महाधिवेशन नै सबैको एउटा मिलन बिन्दु हुनुपर्छ ।’
फागुन २१ गते निर्वाचन हुने भए पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्ने र निर्वाचन नभए आन्दोलनमा जानुपर्ने उनले बताए । निर्वाचन नभए गरिनुपर्ने आन्दोलनको एजेण्डा चाहेर पनि नचाहेर पनि संसद् पुनर्स्थापनाकै हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण