विशेष महाधिवेशन रोक्न नियमित महाधिवेशनमा जाऔँ : विश्वप्रकाश शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समयमै महाधिवेशन नगरे विशेष महाधिवेशन रोक्न नसकिने बताए।
- उनका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन्, जसले विधानअनुसार बाध्यकारी छ।
- शर्माले विशेष महाधिवेशनको माग आएपछि विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन गरेर मात्रै विशेष महाधिवेशन रोक्न सकिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै महामन्त्री शर्माले समयमै नियमित महाधिवेशन नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशन रोक्न सक्ने अवस्था नरहेको बताए ।
विधानको धारा १७ को उपधारा २ अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी रहेका महामन्त्री शर्माको भनाइ छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएकाले त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन कांग्रेसको विधानअनुसार बाध्यकारी देखिन्छ ।
नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मूल प्रश्न नभएको शर्माले बताए । नियमित महाधिवेशन पुस, माघ, वैशाखमा गर्न पार्टी विधानले बाधा नगर्ने भए पनि विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने विधानमा बाध्यकारी व्यवस्था रहेको शर्माले बताए ।
विधानको दफा १७ (२) मा विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।विधानअनुसार विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न रहेको शर्माको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण