अपडेट
मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर
शुक्रबार, २८ कात्तिक २०८२, ०९ : ३७
सारांश
- मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुखले गरेको कारबाही उपसभामुखले बदर गरिन्।
- सभामुखले जसपा र जनमत पार्टीका सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।
- उपसभामुखले कारबाही प्रतिशोधपूर्ण रहेको बताउँदै सांसदहरु बैठकमा उपस्थित रहेको जनाइन्।
जनकपुरधाम । मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् ।
सभामुख मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए ।
उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै ती पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् ।
उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको भन्दै बिहीबार सूचना जारी गरेकी छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण