आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

शनिबार, २९ कात्तिक २०८२, २२ : २६
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • मोहम्मद असलम खान, जसपा युवा संघका अध्यक्ष, पुनः जसपा नेपालमा फर्किएका छन्।
  • भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको अधिवेशनमा खानलाई स्वागत गरियो।
  • अधिवेशनमा दर्जनौं युवा नेता र कार्यकर्ता जसपामा प्रवेश गरे।

रुपन्देही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन् ।

शनिबार भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरेका छन् ।

कार्यक्रममा समाजवादी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन बढी युवा नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य विद्याप्रसाद यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप