घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन : डा. भट्टराई
आइतबार, ३० कात्तिक २०८२, ०७ : ०९
सारांश
- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल कमजोर भएको बताए ।
- उनले अहिलेको अवस्था इतिहासकै सबभन्दा कमजोर, अस्थिर र अन्योलपूर्ण रहेको उल्लेख गरे ।
- भट्टराईले सबै मिलेर समस्या समाधान गर्नुपर्ने र नयाँ सुन्दर घर बनाउने बेला भएको बताए।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।'
उनले थप भने– 'घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले ठुलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो।'
सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा नगर्ने डा भट्टराईले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण