समस्याग्रस्त सहकारीको ऋण दायित्व राफसाफका लागि दोस्रो पटक ७ दिने सूचना
सारांश
- मध्यपुर थिमी नगरपालिकाले कृषि विकास बचत तथा ऋण सहकारीका ऋणी र कर्मचारीलाई ऋण दायित्व राफसाफ गर्न ७ दिने सूचना जारी गरेको छ।
- सहकारीका ऋणीहरूले कर्जा र ब्याज नबुझाएको पाइएपछि नगरपालिकाले दोस्रो पटक सूचना जारी गरेको हो।
- समयमा सम्पर्क नगरे ऋणी र कर्मचारीको विवरण सार्वजनिक गर्ने र कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।
भक्तपुर । मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरमा अवस्थित समस्याग्रस्त घोषित कृषि विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणी तथा तत्कालीन पदाधिकारी–कर्मचारीलाई नगरपालिकाले ऋण दायित्व राफसाफका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ।
नगरपालिकाको समितिले गरेको हालसम्मको अनुसन्धानअनुसार सहकारी स्थापना भए यताका ऋणीहरूले आफू वा आफ्नो कम्पनीका तर्फबाट लिएको कर्जा तथा व्याज, हर्जाना रकम बुझाएको तथ्य नदेखिएको स्पष्ट भएको छ। साथै, ऋण लिने, दिने वा दिलाउने सबैको जिम्मेवारी कायमै रहने र कसैले पनि कानुनतः दायित्वबाट उम्किन नसक्ने समितिले जनाएको छ।
यसअघि सहकारीसँग सम्बन्धित ऋणी, तत्कालीन व्यवस्थापक, पदाधिकारी तथा कर्मचारीहरूलाई मिति २०८२ असोज २१ गते १५ दिने सूचना प्रकाशित गरी उपस्थित हुन आह्वान गरिएको थियो। तर तोकिएको समयसीमाभित्र कोही नआएपछि दोस्रो सूचना जारी गर्नुपरेको समितिले स्पष्ट गरेको छ।
नयाँ सूचना अनुसार सबै सरोकारवाला व्यक्तिहरूलाई ७ दिनभित्र समितिको कार्यालयमा सम्पर्क राखी उपस्थित हुन आग्रह गरिएको छ। समितिले समयमै उपस्थित नभए ऋणी तथा सम्बन्धित पदाधिकारी–कर्मचारीहरूको फोटो तथा तिन पुस्ते विवरण सार्वजनिक गरिने र कानुनअनुसार थप कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण