खेल पर्यटन प्रवर्द्धनका लागि एनपीएल-२ मा बोर्ड र क्यानबिच समझदारी
सारांश
- नेपाल पर्यटन बोर्ड र क्यानबीच एनपीएल सिजन-२ प्रवर्द्धनका लागि समझदारी भएको छ।
- यस साझेदारीले क्रिकेट र खेलकुद पर्यटनलाई बढावा दिने लक्ष्य राखेको छ, जसले अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्नेछ।
- एनपीएल-२ को प्रत्यक्ष प्रसारणले नेपालको पर्यटन र खेलकुदको विश्वव्यापी प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड ९एनटीबी० ले नेपाल प्रिमियर लिग सिजन–२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
सम्झौता अनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ ।
छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुची राख्ने पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।
बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ ।
एनपीएल-२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि, विशेषगरी एनपीएल–२ ले–खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताएका छन् ।
'एनपीएल–२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठुलो अवसर हो,' जोशीले भने, 'यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्वास छ ।' उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे ।
त्यसैगरी क्यानका महासचिव पारसले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'खेलकुद र पर्यटन दुवैलाई सँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौँ । पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभर प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र एनपीएल–२ ले यसलाई अझ उचाइमा पुर्याउनेछ ।'
अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्वस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिजम डेस्टिनेसन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।
एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभवहरू र सांस्कृतिक समृद्धिलाई समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदयीमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण