मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘म मेसुट भएको भए राष्ट्रिय टोली छाडिसक्थेँ’ : ओजिलका पिता

सोमबार, २५ असार २०७५, ११ : १६
सोमबार, २५ असार २०७५

एजेन्सी । मेसुट ओजिलका पिता मुस्तफाले आफू भएको भए जर्मनीको राष्ट्रिय टोलीबाट सन्यास लिइसक्ने बताएका छन् ।

विश्वकपबाट साबिक विजेता जर्मनी समूह चरणबाट नै बाहिरिएपछि आर्सनलका स्टार ओजिल आलोचनाको केन्द्रविन्दूमा रहेका छन् । यही कारणले उनको राष्ट्रिय टोलीको भविष्य अन्यौलग्रस्त देखिएको छ ।

विशेष गरेर उनी र इल्के गुन्डोगानले प्रतियोगिताअघि विवादीत टर्किस राष्ट्रपति रेसेप्ट तायिक एर्डोगानसँग भेटेको तस्विर सार्वजनिक भएपछि दुवैको चर्को आलोचना भएको थियो । राष्ट्रिय टोलीका पब्लिक रिलेसन म्यानेजर ओलिभर बेइरहफले यो उनी टोलीबाट बाहिर राखिने कारण हुनसक्ने बताएका छन् ।

प्रतियोगिता अघि खेलिएको मैत्रिपूर्ण खेलमा अस्ट्रियासँग पराजित हुँदा पनि २९ वर्षीय खेलाडी समर्थकको निशानामा परेका थिए ।

‘म उनको स्थानमा भएको भए म भन्थे ः धन्यवाद तर यो अति भयो,’ ५० वर्षीय मुस्तफाले बिल्ड एम सोन्टागसँग कुरा गर्दै भने ।

‘उनी निराश र अपमानित भएका छन्, हो अपमानित । उनको आफ्नै समर्थकले विश्वकप अघि अस्ट्रियाबिरुद्ध खेल्दा उनको आलोचना गरेका थिए । उनले यो बुझ्न सकेका छैनन् ।’

‘उनले सधैँ आफ्नो बचाऊ गर्न जरुरी छैन । उनले राष्ट्रिय टोलीका लागि ९ वर्ष खेलेका छन् र विश्व च्याम्पियन बनेका छन् ।’

‘मेसुट धेरैको लागि उदाहरण बनेका छन् । तर, स्थिति अनौठो छ – उनी जर्मनीलाई माया गर्छन् र देशका लागि प्रतिबद्ध रहेको देखाएका छन् । तर, अहिले उनलाई बलीको बोको बनाइँदैछ । यो न्यायसंगत भएन ।’
मुस्तफा यसअघि ओजिलको सल्लाहकार थिए तर अहिले उनी त्यो पदमा छैनन् । उनले छोरालाई एर्डोगानसँग नभेट्न सल्लाह दिएको हुनसक्ने संकेत पनि गरेका छन् ।

‘यो सही समय थिएन । तर, मेसुट र एर्डोगानले सँगै तस्विर खिचाएको यो पहिलो अवसर पनि थिएन । यसमा कुनै राजनीतिक सन्देश थिएन,’ उनले भने, ‘एर्डोगानले फोटो खिचौँ भन्दा उनले कसरी नकार्न सक्लान् ?’
उनले थपे, ‘मेसुट मात्र फुटबल खेल्न चाहन्छन् । उनलाई राजनीतिसँग कुनै लेनादेना छैन । त्यही भएर उनले तस्विरबारे धेरै सोचेनौँ ।’

राष्ट्रिय टोलीमात्र होइन बेलाबेला क्लबस्तरमा पनि ओजिलको आलोचना हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप