एनपीएल
एनपीएलः सुदूरपश्चिमसँग भिड्दै काठमाण्डु
बुधबार, ०३ मङ्सिर २०८२, ०५ : ४७
सारांश
- आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयलसबीच त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ।
- काठमाण्डुले पहिलो खेल जितेर दोस्रो खेलको तयारी गरेको छ भने सुदूरपश्चिम पनि जितको खोजीमा छ।
- हिजो चितवन राइनोज र बिराटनगरले पनि आ-आफ्ना खेल जितेका थिए।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयलसबिच खेल हुँदै छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे यी दुई टोलीबिच खेल हुने भएको हो ।
पहिलो खेलमा साबिकको विजेता जनकपुरलाई ५ विकेटले हराउँदै जितको सुरुवात गरेको काठमाण्डु दोस्रो खेलमा जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम रोयलस पनि पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छ ।
हिजो भएको खेलमा चितवन राईनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो भने बिराटनगरले पोखरा एभेन्जर्समाथि ५२ रनको शानदार जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
-
कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?
-
प्रधानमन्त्री छापामार शैलीमा आउने आङ्देम्बेको चिन्ता, सीमा विवादमा सत्तापक्षले लज्जित बनाएको टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण