नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस
सारांश
- नवलपरासीको बर्दघाट-सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ।
- जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारामा मतदानस्थल थपका लागि सिफारिस गरिएको हो, खोलाले बाटो बिगारेपछि समस्या भएको थियो।
- निर्वाचन अधिकृतका अनुसार, नयाँ मतदानस्थल थपिएपछि आगामी निर्वाचनमा मतदातालाई सहज हुनेछ, र युवा मतदाताको संख्या बढेको छ।
नवलपरासी । बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका–४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।
जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार खोलाले गाउँलाई बिचबाट काटेपछि साबिकको मतदानस्थलमा जान करिब छ किलोमिटर टाढा पर्ने भएकाले मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । गएको बर्खामा खोलामा आएको बाढीले गाउँलाई बिचबाट काट्यो, जसले गर्दा पुरानो मतदानस्थल जान छ किलोमिटर टाढा पर्ने भयो । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई मतदानस्थलसम्म पुग्न समस्या हुने भएपछि मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र रहेको भन्दै शर्माले सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा आगामी निर्वाचनमा एक सय १४ मतदानस्थलमा तीन सय तीन मतदान केन्द्र हुने जानकारी दिए । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको सङ्ख्या उल्लेख्य रहेको शर्माले बताए ।
“सरकारले निर्वाचनको मिति घोषणा गरेपछि तीन हजार ७९ जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराउनुभएको छ”, उनले भने, “यस पटक नाम दर्ता गराउनेमा अधिकांश जेनजी उमेर समूहका युवा रहनुभएको छ ।” उनका अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नुअघि जिल्लामा दुई लाख ६७ हजार मतदाता रहेका थिए । अहिले फोटो खिचाएका कति जनाको मतदाता परिचयपत्र आउने भन्ने कुरा केही दिनमा निर्धारण भएर आउने शर्माले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा दुई लाख ६० हजार ४६१ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा सदस्य र चार वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता प्रा डा शशाङ्क कोइराला र क्षेत्र नं २ बाट नेपाली काङ्ग्रेसकै नेता विष्णु कार्की निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण