सल्यान कपुरकोट गाउँपालिकाको बजेट पारित
सल्यान– कपुरकोट गाउँपालिका सल्यानको आर्थीक वर्ष २०७५/७६ को बजेट तथा नीति कार्यक्रम पारित भएको छ । बजेटले जनताको आधारभूत आवश्यकतालाइ सम्बोधन गर्दै दिगो विकासलाइ जोड दिएको भनेर दाबी गरिएको छ । उपप्रमुख तिला बुढामगरले गत असार १० गते प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट गाउँसभाले सोमबार सर्वसहमत रुपमा पारित गरेको हो ।
सामाजिक विकासतर्फ खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद लगाएतका क्षेत्रलाइ प्राथमिकतामा राखेर विभिन्न योजनाका लागी २ करोड ५० लाख ५५ हजार रुपैयाँ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।
यस्तै संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड ९६ लाख २० हजार, गाउँपालिकाको भवन निर्माण, विभिन्न सडक निर्माण, विद्युत विस्तारका लागी पूर्वाधार विकास शीर्षकमा ५ करोड ५८ लाख ४० हजार रुपैयाँ गाउँसभाले पारित गरेको रिजालले बताए । गाउँसभाले वित्तीय व्यवस्थापन र सुशासनका लागी ८५ लाख, आर्थीक विकास तर्फ ८६ लाख १५ हजार र वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४४ लाख ३५ हजार रुपैँयाको बजेट पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण