विराटनगर किङ्सको लगातार दोस्रो जित
काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा विराटनगरले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउँदा नरेन भट्टले २४ रनको योगदान गरे । त्यस्तै मार्टिन गप्टिलले २५ रन बनाउँदा बसिर अहमदले १९ र लोकेश बमले १४ रनको योगदान गरे ।
बलिङतर्फ काठमान्डुका लागि साहब आलमले दुई विकेट लिए । त्यस्तै कप्तान करण केसी, सन्तोष यादव र जेहार्ड रसमसको नाममा एक–एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । काठमान्डुका लागि आदिल आलमले सर्वाधिक ४८ रनको योगदान गरे । उनले २५ बलमा ४ र्चाका २ छक्का प्रहार गरे ।

त्यस्तै सन्तोष यादवले २६ रन जोडे । काठमान्डुका बेन चार्ल्सवर्थले ३२ रन बनाउँदा गेहार्ड रसमसले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरका लागि मर्चान्ट डी ल्याङले दुई विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रान्जाने र सूर्य तामाङले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै विराटनगरले लगातार दुई जितबाट ४ अंक जोडेको छ । यता काठमान्डुको तीन खेलमा दोस्रो हार हो । काठमान्डुको २ अंक छ ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको थियो । उक्त खेलमा विराटनगरका दुई खेलाडी मार्टिन गप्टिल र लोकेस बमले अर्धशतक बनाएका थिए । काठमान्डुले भने पहिलो खेलमा जनकपुर बोल्ट्समाथि ५ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण