शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्राध्यापकहरूको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ : मन्त्री पुन

आइतबार, ०७ मङ्सिर २०८२, १८ : २५
आइतबार, ०७ मङ्सिर २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताएका छन् । 

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । 

चार/पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरुरी रहेको बताए । 

मन्त्री पुनले विश्वविद्यालयहरुबिच सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तर खस्कँदै गएको पनि बताए । 

उनले भने,‘एसईई र कक्षा १२ मा जम्मा ४, ५ लाख विद्यार्थी मात्र हुन्छन् । तर पनि नतिजा निकाल्नको लागि ८,९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरूको लापरबाही देखिन्छ । यस्ता कुराहरूको समाधान गर्नैपर्छ । मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयहरूका लागि आओस् भन्नको लागि हामी त्यसमा काम गरिरहेका छौँ । अहिले विश्वविद्यालयहरूको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरूमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिस्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी सङ्ख्या बिस्तारै घट्दै गएको अवस्था छ ।’ 

उनले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप