शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकासँग हुने एकदिवसीय सिरिजमा भारतीय टोलीको नेतृत्व केएल राहुलले गर्ने

आइतबार, ०७ मङ्सिर २०८२, २२ : ४४
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिज नोभेम्बर ३० देखि सुरु हुने भएको छ।
  • केएल राहुलले भारतीय टोलीको कप्तानी गर्नेछन्, जसमा रोहित शर्मा, विराट कोहली जस्ता अनुभवी खेलाडी छन्।
  • सिरिजको पहिलो खेल राँचीमा, दोस्रो रायपुरमा र अन्तिम खेल विशाखापट्टनममा हुनेछ।

काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबिच हुने तीन खेलको एकदिवसीय (वन डे)  सिरिज ३० नोभेम्बरदेखि सुरु हुँदैछ। सिरिजका लागि भारतीय टोलीको नेतृत्व केएल राहुलले गर्ने भएका छन् । भारतीय क्रिकेट बोर्डले पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गरिरहेका राहुललाई यसपटक कप्तानीको जिम्मेवारी दिएको हो।

घोषित टोलीमा रोहित शर्मा, विराट कोहली, रविन्द्र जाडेजा, कुलदीप यादव र अर्शदीप सिंहजस्ता मुख्य खेलाडीहरू रहेका छन्। यस्तै, यशस्वी जायसवाल, तिलक वर्मा, नीतीश कुमार रेड्डी र हर्षित राणा जस्ता युवा खेलाडीले पनि मौका पाएका छन्। विकेटकिपरका रूपमा राहुलसँगै ऋषभ पन्त र ध्रुव जुरेल टोलीमा छन्।

सिरिजको पहिलो खेल ३० नोभेम्बरमा राँचीमा हुनेछ। दोस्रो खेल ३ डिसेम्बरमा रायपुर र अन्तिम खेल ६ डिसेम्बरमा विशाखापट्टनममा आयोजना हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप