युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको योजनामा संशोधन, कुन–कुन बुँदाहरूमा भयो सहमति ?
सारांश
- जेनेभामा रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि भएको वार्तामा अपडेट गरिएको शान्ति योजनाको उल्लेख गरिएको छ।
- नयाँ योजनामा १९ बुँदाहरू समावेश छन्, जसमा डोनबास क्षेत्र रूसलाई सित्तैमा नदिइने र युद्ध अपराधका लागि आममाफी फिर्ता लिइने उल्लेख छ।
- यस योजनाले पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न नसक्ने जनाएको छ, तर प्रतिबन्धको पूर्ण व्यवस्था छैन।
जेनेभा । रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्न जेनेभामा भएको वार्तापछि युक्रेन र अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अपडेट गरिएको शान्ति योजना’को उल्लेख गरिएको छ । दुवै पक्षले यसलाई ‘अपडेटेड र संशोधित खाँका दस्ताबेज’ भनेका छन् । अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरू बिच आइतबार जेनेभामा वार्ता भएको थियो ।
यसअघि, अमेरिकाले एउटा शान्ति योजना प्रस्ताव गरेको थियो । रुसको लागि अनुकूल भन्दै यूरोपेली देशले यसको विरोध गरेका थिए । नयाँ योजनामा समावेश गरिएका १९ बुँदाहरू प्रारम्भिक योजनाबाट लिइएको फाइनान्सियल टाइम्स पत्रिकाले एउटा समाचारमा एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ ।
रोयटर्सका अनुसार अद्यावधिक गरिएको नयाँ शान्ति योजनाबारे थोरै जानकारी प्राप्त भए पनि यसले पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न सक्दैनन भन्ने बताएको छ । तर यसमा पूरै प्रतिबन्ध भने नलगाइएको पनि समाचारमा भनिएको छ ।
योजना अनुसार, डोनबास क्षेत्र रूसलाई सित्तैमा दिइने छैन । युक्रेनले रुसले कब्जा गरेको आफ्नो क्षेत्र पुनः प्राप्त गर्न कूटनीतिक माध्यमहरू अपनाउन सक्नेछ । युद्ध अपराधका लागि दिइएको आममाफी पनि फिर्ता लिइएको छ । यी वार्तामा महत्त्वपूर्ण प्रगति भएको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण