यसै हप्ता ट्रम्प र जेलेन्स्कीबिच भेटवार्ता चाहन्छ युक्रेन
मङ्गलबार, ०९ मङ्सिर २०८२, २२ : ४७
सारांश
- युक्रेनका सुरक्षा प्रमुखले रुससँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेको बताए ।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणको व्यवस्था गर्ने प्रयास भइरहेको छ ।
- अमेरिका र युक्रेनबीचको वार्तामा शान्ति सम्झौताका मुख्य सर्तहरूमा सहमति भएको छ।
किभ । रुससँगको युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू जारी रहेको युक्रेनका सुरक्षा प्रमुखले भनेका छन् । यसै महिना राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिका भ्रमणको व्यवस्था गर्ने प्रयास आफूले गरिरहेको उनले बताएका छन् । तर, अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबिच कुनै पनि वार्ताको सम्भावनाको पुष्टि गरेको छैन।
अमेरिकाले आफ्ना अधिकारीहरूले रुस–युक्रेन युद्धको सम्बन्धमा अबुधाबीमा रूसी प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम रहेको बताएको छ। युक्रेन शान्ति सम्झौतामा सहमत भएको तर केही बुँदालाई अन्तिम रूप दिन बाँकी भएको एक अमेरिकी अधिकारीले बीबीसीलाई बताए ।
जेनेभामा अमेरिका र युक्रेनबिचको वार्ता सम्झौताका प्रमुख सर्तहरूमा ‘साझा समझदारी ’मा पुगिएको युक्रेनको सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभले मंगलबार भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण