सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

रवि र छविको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा

बिहीबार, ११ मङ्सिर २०८२, ११ : ४९
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलमा परेको छ।
  • यो मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको इजलासमा परेको हो।
  • लामिछानेले सहकारी ठगी मुद्दामा बिगो रकम दाखिला गरे पनि रिहा गर्न अस्वीकार गरिएको थियो।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा  परेको छ । सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको हो ।

सो मुद्दा गोला प्रथाबाट ३ नम्बर इजलासमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले रातोपार्टीलाई बताए । बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । 

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप