ओलीप्रति प्रचण्डको कटाक्ष : अहङ्कारी दम्भीलाई राम्रो सबक सिकाउने बेला यही हो
सारांश
- प्रचण्डले ओलीको अहंकार र दम्भलाई नेकपाले धराशायी बनाउने चेतावनी दिए।
- उनले संसद् विघटन गर्ने एमाले उल्टो बाटो हिँडेको आरोप लगाए।
- प्रचण्डले राष्ट्रियता बचाउन कांग्रेसलाई पनि मोर्चामा ल्याउने प्रयास भइरहेको बताए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार पार्टीले आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको अहङ्कार र दम्भलाई नेकपाले धराशायी बनाउने चेतावनी दिए । उनले विगतमा संसद् विघटन गर्नेले अहिले पुनर्स्थापनाको माग राखेर एमाले उल्टो बाटो हिँडेको आरोप लगाए ।
‘अहिले परिस्थिति निकै जटिल छ । यस्तो बेला निर्वाचन घोषणा भइसकेको छ । निर्बाध रूपमा निर्वाचनमा लाग्नुपर्ने बेलामा हिजोको विघटनकर्ता ठिक भयो, चुनावै हो अर्को विकल्प छैन भन्नुपर्थ्यो नि ! तर कस्तो उल्टो बुद्धि छ ? हिजो विघटन गर्ने अहिले चुनाव हुने भयो भनेपछि संसद् पुनर्स्थापना भन्ने ! जतिबेला पनि उल्टो बाटो हिँडेर नेपाली जनतालाई दुःख दिने, नेपाल राष्ट्रलाई दुःख दिने अहङ्कारी दम्भीलाई राम्रो सबक सिकाउने बेला यही हो । नेपाली कम्युनिस्ट पार्टी नै त्यस्तो पार्टी बन्नेछ जसले त्यस्ता अहङ्कारीलाई दम्भका प्रवृत्तिलाई धराशायी पार्नेछ’, उनले भने ।
प्रचण्डले राष्ट्रियतालाई बचाएर नेपाली जनताको सम्मानलाई उँचो बनाउन नेपाली कांग्रेसलाई पनि एउटै मोर्चामा ल्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘हामी कम्युनिस्टलाई मात्र होइन देशभक्त, लोकतान्त्रिक शक्ति, गैर कम्युनिस्टलाई पनि देशको राष्ट्रियता जोगाउन सबै एक ठाउँमा ल्याउनका लागि प्रयास गरिराखेका छौँ । सबैसँग सम्पर्कमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण