अपडेट : दुई खेल अगावै ‘प्लेअफ’मा सुदूरपश्चिम
सारांश
- सुदूरपश्चिमले नेपाल प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गर्यो र प्लेअफमा प्रवेश गर्यो।
- विनोद भण्डारी र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ र अविनाश बोहराको बलिङ प्रदर्शन उल्लेखनीय रह्यो।
- जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्यो, जनकपुरको भने यो लगातार चौथो हार हो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले पराजित गर्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित ग¥यो । यस जितमा विनोद भण्डारी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे तथा अविनाश बोहराको बलिङ राम्रो रह्यो । जितका लागि १४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७ दशमलव चार ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
एक रन जोड्दा दुई विकेट गुमाएपछि धर्मराएको सुदूरपश्चिमलाई विनोद र इशानले सम्हाले । यी दुवै ब्याटरबीच ९२ रनको साझेदारी भयो । इशान ५६ तथा विनोद ४२ रनमा आउट भए ।
बलिङमा जनकपुरका सदाकतले दुई तथा सञ्जय र आदित्यले एक/एक विकेट लिए ।
यसअघि जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो, जसमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।
सुदूरपश्चिमले लगातार पाँच जितसहित १० अङ्क बनाएको छ । जनकपुरको यो लगातार चौथो हार हो । अङ्कको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ । अब उसको ‘प्लेअफ’ को सम्भावना गणितीय आधारमा मात्र बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण