बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माणमा पाकिस्तानको सहयोग

आइतबार, १४ मङ्सिर २०८२, ०६ : ५१
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • पाकिस्तानले ज्ञानोदय माविलाई कम्प्युटर प्रयोगशाला निर्माण गर्न सहयोग गरेको छ।
  • राजदूत हास्मीले विद्यालयको शैक्षिक उन्नयनमा जोड दिए र सूचना प्रविधिमा ध्यान दिनुपर्ने बताए ।
  • कार्यक्रममा पूर्व गभर्नर, वडाध्यक्ष र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

काठमाडौँ । पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरे ।

त्यस अवसरमा राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको उनले बताए । उनले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रहरूमा अवसरको खोजी गर्नुपर्नेमा जोड दिए ।

पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरे लगायत सहभागी थिए ।

पाकिस्तानले सन् २०१३ देखि उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका निम्ति फर्निचर, कम्प्युटरलगायत उपकरण सहयोग गर्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप