बघौडा अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने पक्राउ
सारांश
- माडी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गर्यो।
- पक्राउ पर्नेमा किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम छन्।
- आक्रमणकारीले मादक पदार्थ सेवन गरेको र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको पाइएको छ।
चितवन । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएकाे छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चार/पाँच जनाको समूहमा आएका युवाले चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि ४ जना आरोपीलाई पक्राउ गरिएकाे जानकारी दिए । पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक राईले भने- “चिकित्सकहरूले कुटपिटमा मुद्दा चलाउने भन्दै छन्, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएकाे हाे ।
ती युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ। डा. साहका अनुसार डा.दीपेन्द्र विश्वास, डा.देवेन्द विश्वास, हे.अ. अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाइते हुनेगरी कुटपिट भएकाे थियाे । उनीहरूले अपशब्द बोल्दै गालीगलौजसमेत गरेका थिए ।
नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण