शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतीय ब्याट्सम्यान विराट कोहलीले बनाए कीर्तिमान

आइतबार, १४ मङ्सिर २०८२, १६ : ५३
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको खेलमा शतक प्रहार गर्दै कीर्तिमान बनाए।
  • यो शतक कोहलीको एक दिवसीय क्रिकेटमा ५२औँ शतक हो, जसले नयाँ कीर्तिमान स्थापित गर्यो।
  • कोहलीले सचिन तेन्दुलकरको सर्वाधिक शतकको कीर्तिमानलाई तोडेर नयाँ इतिहास रचे।

काठमाडौँ । भारतीय ब्याट्सम्यान विराट कोहलीले कीर्तिमान बनाएका छन् । उनले आइतबार दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट म्याचमा आफ्नो नाममा अनौठो कीर्तिमान रचेका हुन् ।

यो म्याचमा कोहलीले शतक प्रहार गरे । १०२ बलमा शतक प्रहार गरेका उनको यो एक दिवसीय क्रिकेटमा ५२ औँ शतक हो ।

योसँगै कोहलीले कुनै पनि अन्तर्राष्ट्रिय फरम्याटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीका रूपमा आफ्नो नाममा कीर्तिमान बनाएका हुन् ।

अहिलेसम्म यो कीर्तिमान अर्का भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा शतक प्रहार गर्नुअघि विराट कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमानकै बराबरी गरेका थिए ।

आइतबार शतक प्रहार गरेसँगै कोहलीले तेन्दुलकरलाई पनि उछिनेका हुन् । तेन्दुलकरले टेस्ट फरम्याटमा ५१ शतक प्रहार गरेका थिए, जो अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतक थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतकको कीर्तिमान अब विराट कोहलीको नाममा रहने भएको छ । एक दिवसीय क्रिकेटमा कोहलीको ५२ शत पुगेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप