धनकुटाबाट एमालेका १३ प्रतिनिधि छनोट, सबै ओली पक्षका
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् ।
सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको हो । खुलातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् ।
महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र संझना आले निर्वाचित भएका छन् भन युवातर्फ सरोज राई निर्वाचित भएका छन् ।
दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएका एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए ।
निर्वाचित प्रतिनिधिहरूलाई आइतबार साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, एमाले कोशी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राई लगायतले निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
प्रतिनिधि छनोटका क्रममा शनिबार विवाद हुँदा यहाँ तोडफोड पनि भएको थियो । विजयी प्रतिनिधिहरू सबै राजेन्द्र राई पक्षधर हुन् । राई एमाले अध्यक्ष ओलीनिकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण