एनपीएलः आज विश्राम, भोलि दुई खेल हुने
सारांश
- मंसिर १ गतेदेखि जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कुनै खेल छैन।
- भोलि कीर्तिपुरमा जनकपुर बोल्ट्स र चितवन राईनोज तथा पोखरा एमेन्जर्स र कर्णाली याक्सबीच खेल हुनेछ।
- सुदूरपश्चिम रोयल्स अपराजित रहँदै प्ले अफका लागि छनोट भइसकेको छ।
काठमाडौँ। मंसिर १ गतेदेखि जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (सोमबार) कुनै खेल तय गरिएको छैन । नेपाल क्रिकेट संघले यसअघिनै सार्वजनिक गरेको खेल तालिकामा आजका लागि कुनै पनि खेल नराखिएको हो ।
भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई रोमाञ्चक खेल हुनेछन् । पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ। त्यसपछि दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एमेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स अपराजित रहेकाे छ । राेयल्स १० अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफका लागि क्वालिफाइड भइसकेकाे छ। समान ८–८ अंक भएको काठमाडौँ गुर्खाज दोस्रो र विराटनगर किङ्स तेस्रो स्थानमा छन्।
चितवन राईनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
त्यस्तै, कर्णाली याक्स छैटौँ र पोखरा एमेन्जर्स सातौँ स्थानमा छ। साबिकको विजेता जनकपुर बोल्ट्स भने अझै अंक बटुल्न नसकेर तालिकाको अन्तिममा रहेको छ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण