बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सप्तरी र सिराहामा सवारी दुर्घटना, २ जनाको मृत्यु

सोमबार, १५ मङ्सिर २०८२, १३ : ४४
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • सप्तरी र सिराहामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
  • सिराहाको विष्णुपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
  • सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ । सप्तरी र सिराहामा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।  सिराहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा म.प्र.०१–००४ प ७८४८ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल चालक सोही गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ७० वर्षीय सत्यनारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आर्य न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले

नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरीको खडक नगरपालिका– ११ बनौलीस्थित सडकमा प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ४२ वर्षीय दिप्रेन्द्र पासवानको आइतबार राति मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप